नेकपा एसको बैठक आजै, एमालेको आइतबार
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बसेको छ ।
पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजेदेखि शुरु भएको बैठक अहिले जारी छ । माधव कुमार नेपालको अध्यक्षतामा बसिरहेको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत सचिवालय सदस्यहरु सहभागी छन् ।
बैठकमा समसामयिक राजनीतिबारे छलफल र निर्णय हुने बताइएको छ । यता, सत्तारुढ नेकपा एमालेको पनि सचिवालय बैठक बस्ने भएको छ ।
फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक डाकिएको हो । अध्यक्ष नेतृत्वको सरकारले ल्याएका अध्यादेश अलपत्र परेको अवस्थामा बस्न लागेको एमाले बैठकमा त्यसबारे छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू