भनियो आज,जम्बो टोली गइयो हिजै
संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियासहितको जम्बो टोली हिजै भारततर्फ लागेको पाइएको छ । आज जाने तय भएकोमा मेयरसहित एक दर्जनको टोली हिजो काठमाडौंबाट दिल्ली हुँदै हैदरावाद गएको हो । उनीहरु आजबाट राजेन्द्रनगर सरकारको ग्रामीण विकास मन्त्रालयअन्तर्गत ‘नेशनल इन्स्टिच्युट अफ रुरल डेभलपमेण्ट एण्ड पञ्चायती राज’द्वारा आयोजित कार्यक्रममा सहभागीसमेत भइसकेका छन् ।
टोलीमा थपलियासहित पाँचखपन नगरपालिकाका मेयर बिपिन राई, चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ रहेका छन् । त्यसैगरी,जनप्रतिनिधिबाहेकका अन्य आठ कर्मचारी खाँदबारीकै हुन् । प्रमुख प्रशासकीय अधिकृत दिनेश कट्टेल, भक्तबहादुर खड्का,लेखा अधिकृत रुद्रमणि श्रेष्ठलगायत विभिन्न शाखाका कर्मचारी टोलीमा छन् । फागुन २४ गतेसम्म हैदरावादमा हुने कार्यक्रममा सहभागी हुन टोली नै त्यता लागेपछि नगरपालिकाको सेवा ठप्पझैं बनेको छ ।
उनीहरुले सरकारबाट स्वीकृतिसमेत नलिएको बुझिएको छ । उनीहरु केही दिनअघिसम्म स्वीकृतिका लागि दौडधुप गरिरहेका थिए । ‘कुनै पनि जनप्रतिनिधि विदेश भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनिवार्य स्वीकृति लिनुपर्छ । तर, अस्तिसम्म उनीहरु स्वीकृतिका लागि दौडधुप गरिरहेका थिए ।
यता, उनीहरुले सरकारबाट स्वीकृतिसमेत नलिएको बुझिएको छ । उनीहरु केही दिनअघिसम्म स्वीकृतिका लागि दौडधुप गरिरहेका थिए । ‘कुनै पनि जनप्रतिनिधि विदेश भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनिवार्य स्वीकृति लिनुपर्छ । तर, अस्तिसम्म उनीहरु स्वीकृतिका लागि दौडधुप गरिरहेका थिए । स्वीकृति लिए कि लिएनन् ? भन्नेमै आशंका छ’,स्रोतले भन्यो ।
भारतीय दूतावासको खर्चमा गएका उनीहरुले सो क्रममा सतलज हाइड्रो कम्पनीका प्रतिनिधिसँग पनि भेटघाट गर्ने स्रोतको दाबी छ । कम्पनीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना निर्माण गर्न थालेको छ । त्यसको पावर हाउस खाँदबारीमा छ । भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युतको पावर हाउस भने चिचिला गाउँपालिकामा पर्छ ।
हाल त्यहाँ हाइटेन्सन लाइनको विवाद भइरहेको छ । कार्यक्रम भनिए पनि वास्तविक कारण हाइटेन्सनको विवाद सुल्झाउनु भएको स्रोतको जिकिर छ ।


टिप्पणीहरू