डिजिटल अपराधबारे छलफल गर्न विदेशीको ओइरो
महान्यायाधिवक्ता कार्यालयको आयोजनामा राजधानीमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । पर्सि उद्घाटन गरिने दुई दिने सम्मेलनमा विभिन्न देशका ३३ जना पाहुना सहभागी हुने बुझिएको छ ।
कार्यक्रममा नेदरल्याण्ड र सिंगापुरका एक एक जना सहभागी हुँदैछन् । सबैभन्दा धेरै चीनका छ,मलेसिया र साउदी अरेबियाका चार,माल्दिभ्सका तीन तथा रुस,बेलायत,दक्षिण कोरिया, श्रीलंका,अजरबैजानका दुई दुई जना प्रतिनिधि आइपुग्दै छन् । भारतका चार जना प्रतिनिनिध सहभागी हुने आयोजक स्रोतले बतायो ।
…