बालुवाटारमा दक्षिण एसियाली ‘राष्ट्रिय क्याडेट कोर’ टोली

बालुवाटारमा दक्षिण एसियाली ‘राष्ट्रिय क्याडेट कोर’ टोली

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत, भुटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) टोलीले शिष्टाचार भेट गरेको छ । युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएको उक्त टोलीसँगको भेटमा प्रधानमन्त्रीले मित्रराष्ट्रका सेनासँको आपसी सम्बन्धलाई बलियो बनाउन र क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर सृजना गरेको उल्लेख गर्नुभएको छ ।

महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले युवा आदानप्रदान कार्यक्रम आयोजना गर्दै छ । एनसिसीले युवाहरुमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवालगायत गुणको विकास तथा प्रवद्र्धन गर्दै आएको सेनाले जनाएको छ ।

शुक्रबार आएको टोलीमा ३४ सदस्य छन् । प्रधानमन्त्रीसँगको भेटमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतीय एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भुटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका रिफान अलीलगायतको उपस्थिति थियो ।
 

टिप्पणीहरू