विशेषले सिध्याउनै लाग्यो घुसका फाइल

विशेषले सिध्याउनै लाग्यो घुसका फाइल
सुन्नुहोस्

विशेष अदालत,काठमाडौंले चालु आर्थिक वर्षको सात महिनामा २४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षकोसहित फागुन ९ गतेसम्म ५० वटा मुद्दा मात्र छिनोफानोको पर्खाइमा छन् । 

गत साउनदेखि फागुन पहिलो सातासम्म अदालतबाट निर्णयगत अनियमिततासम्बन्धी मुद्दा दुई वटा, नक्कली प्रमाणपत्र नौ, घुस रिसवत १२ र पुनरावेदनसम्बन्धी एउटा मुद्दा फर्छ्यौट भएको जनाइएको छ । यो अवधिमा गैरकानुनी सम्पत्ति र सम्पत्ति शुद्धीकरणसँग जोडिएका चार वटा मुद्दाउपर भने कुनै निर्णय हुन पाएको छैन ।

कूल ६२ मध्ये २४ मुद्दा फर्छ्यौट भएपछि अदालतमा अझै ३८ मुद्दा बाँकी छन् । अघिल्लो आर्थिक वर्षबाट सरि आएका मुद्दामा गैरकानुनी सम्पत्तिसम्बन्धी तीन, निर्णयगत अनियमितता पाँच र नक्कली प्रमाणपत्रका चार छन् ।

टिप्पणीहरू