गोर्खा सुपुत्रीलाई लोभलाग्दो पद

गोर्खा सुपुत्रीलाई लोभलाग्दो पद

तमु समाज युकेकी आजीवन सदस्य स्वस्ती गुरुङ विश्वकै प्रतिष्ठित अमिकस थेराप्युटिक्स बायो फर्मास्युटिकल कम्पनीको औषधि सतर्कता गुणस्तर निर्देशकमा पदोन्नति भएकी छन् ।

गत महिनादेखि उनले कम्पनीको ‘फर्माकोभिजिलेन्स क्वालिटी डिरेक्टर’ पदमा पदोन्नति भएर लोभलाग्दो सफलता प्राप्त गरेकी हुन् । उनको नियुक्ति धेरै युवालाई उत्प्रेरणाको श्रोत हुने ठानिएको छ ।

स्वस्तीका पिता हरिमान गुरुङ तमु समाज युकेको खेलकुद सचिव र आमा लक्ष्मी तमु समाज युकेको आमा समूहकी कार्यसमिति सदस्य हुन् । उनका पिता ब्रिटिश आर्मीको क्युओजिएलआरबाट अवकाशप्राप्त गोर्खा सैनिक हुन् ।

तमु समाज युकेकी एक सक्रिय सदस्य स्वस्तीले विगतमा समाजको वार्षिक सांस्कृतिक तथा परोपकारी रात्रिभोज कार्यक्रमहरूमा उद्घोषकको रूपमा महत्वपूर्ण भूमिका निभाएकी थिइन् । उनको उद्घोषण कला अत्यन्त प्रभावशाली छ । 

पदोन्नतिको अवसरमा तमु समाज युकेले गत ८ फेब्रुअरीका दिन एक कार्यक्रम गरी स्वस्ती र उनका अभिभावकहरुलाई बधाई तथा शुभकामना दिएको छ ।  

गुरुङलाई तमु समाज युके अध्यक्ष श्रीमती बिन्दुकुमारी गुरुङ घले,संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमती विमला गुरुङले गुरुङ परम्पराअनुसार खादा,फेटा, दोसल्ला ओढाई पुष्पगुच्छा दिएर बधाई तथा शुभकामना दिए । 

उक्त कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष केदारबहादुर गुरुङले बधाई तथा शुभकामनापत्र वाचन गरेर सुनाएका थिए ।  

यस्तो छ स्वस्तीको करिअर यात्रा: 

पोखरा महानगरपालिकामा जन्मिएकी स्वस्तीले बाल्यकाल पोखरा र काठमाडौँमा बिताइन् । सन् २००६ देखि संयुक्त अधिराज्य बेलायतको वेम्बली लण्डनमा बसोबास गर्दै आएकी गुरुङले आफ्नो करिअर टेभा फर्मास्युटिकल्समा वरिष्ठ औषधि सुरक्षा अनुपालन अधिकृतको रूपमा शुरु गरिन्,जहाँ उनले नियामक अनुपालन र औषधि सुरक्षाको सुनिश्चिततामा महत्त्वपूर्ण भूमिका खेलिन्। 

त्यसपछि सेलजिनमा गुणस्तर विशेषज्ञ र अन्तरिम पिभिक्युए प्रवन्धकको रूपमा काम गरिन् ।

त्यसपश्चात ग्राहक-केन्दृत भूमिकातर्फ अघि बढ्दै प्राइम भिजिलेन्समा क्लाइन्ट क्वालिटी म्यानेजर बनिन्,जहाँ उनले गुणस्तर प्रक्रिया व्यवस्थापन गरिन् र नियामक मापदण्डलाई सुदृढ बनाइन्। 

यात्रा अगाडि बढ्दै जाँदा उनले इन्टुभिजिलेन्स लिमिटेडमा क्युए म्यानेजरको रूपमा काम गरिन् । गुणस्तर निरीक्षण र उद्योग नियमनहरू सुनिश्चित गर्नु उनको जिम्मेवारी थियो । 

बढ्दो विशेषज्ञता हासिल गरेसँगै उनी अमिकस थेराप्युटिक्समा असोसिएट डिरेक्टर अफ पिभिक्युएको रूपमा सामेल भइन्,जहाँ उनले कम्पनीको गुणस्तर प्रणालीमा उल्लेखनीय योगदान गरिन्। उनको नेतृत्व र योगदानलाई मान्यता दिँदै गत महिना उनलाई डिरेक्टर अफ पिभि क्वालिटीमा पदोन्नति दिइयो, जसले यस क्षेत्रमा उनको समर्पण र प्रभावलाई प्रमाणित गर्ने अवसर मिलेको छ। 

स्वस्ती गुरुङले प्रारम्भिक शिक्षा हङकङ र हाइस्कूल स्तरको शिक्षा ग्यालेक्सी पब्लिक स्कूल,ज्ञानेश्वर काठमाडौँबाट लिइन् । 

वेम्ब्ली हाइ टेक्नोलोजी कलेजबाट ‘ए लेभल’ र युनिभर्सिटी अफ ग्रिनवीच लण्डनबाट बायोमेडिकल साइन्समा ब्याचलर्स डिग्री (अनर्स) गरेकी उनले क्र्यानफिल्ड युनिभर्सिटी बेडफोर्डसायर युकेबाट नानो मेडिसिन विषयमा मास्टर्स डिग्री उत्तिर्ण गरिन्।

टिप्पणीहरू