हिमालपारीको महावाणिज्यदूतावासमा भेटवार्ता निरन्तर

हिमालपारीको महावाणिज्यदूतावासमा भेटवार्ता निरन्तर
सुन्नुहोस्

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकार नेपालसँगको व्यापार, वाणिज्य, व्यापार मेला अभिवृद्धि गर्न आतुर देखिएको छ । सिजाङ सरकारको वाणिज्य विभागका महानिर्देशक चेन जुनले ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँगको भेटमा ट्रान्जिटको सन्दर्भ पनि उठाएका छन् ।

यसअघि गत शुक्रबार सिजाङ सरकारको बजार अनुगमन कार्यालयका उपमहानिर्देशक लिउ जियानवेइले महावाणिज्यदूत निरौलासँग भेट गरेका थिए ।
महावाणिज्यदूतावासमा भएको दुबै भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा सौहाद्र्रपूर्ण छलफल भएको जनाइएको छ । 

सिजाङ सरकारले शुक्रबारको भेटमा आगामी दिनमा जलवायु परिवर्तनले पुर्याएको असर न्यूनीकरण र बजार अनुगमनमा थप सहकार्यको इच्छा राखेको थियो ।

टिप्पणीहरू