राजधानीका यी स्थानमा तीन दिन बिजुली बन्द
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भोलिदेखि तीन दिन बिजुली आपूर्ति बन्द हुने भएको छ ।
निर्माणाधीन मूलपानी १३२ केभी सबस्टेशनमा भक्तपुर–चपली १३२ केभी प्रशारण लाइनलाई ‘लुप–इन–लुप–आउट’ गर्नुपर्ने भएकाले भोलिदेखि फागुन १७ गतेसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको ।
नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत मूलपानी सबस्टेशन निर्माण आयोजनाले आज एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि बेलुकासम्म बिजुली सटडाउन गरिने जनाएको छ ।
आयोजनाका अनुसार बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र, बालाजु वितरण केन्द्र तथा कुलेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुमा बिजुली प्रभावित हुनेछ ।
टिप्पणीहरू