सेनाका जहाज चारथरि पाहुना बोकेर चारतिर
एकाबिहानै सेनाको एउटा हेलिकोप्टर सीतापाइलाबाट मुक्तिनाथतर्फ उडेको छ । अरु दुई वटा जहाज माउण्टेन फ्लाइट गर्दै पोखरा जाने तरखरमा छन् एउटा चाहिँ नवलपरासी उड्न स्ट्याण्डबाइ छ ।
नेपाली सेना दिवस तथा महाशिवरात्रि पर्वको अवसरमा आयोजित प्रधान सेनापतिहरुको कन्क्लेभमा भाग लिन काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्षहरु बिहान साढे ६ बजे सीतापाइलास्थित ब्यारेकबाट एनए ०३८ एमआई हेलिकोप्टरमा मुक्तिनाथ गएका छन् । भारतीय पूर्व सेनाध्यक्षहरु मनोज मुकुन्द नरवाने र मनोज पाण्डे सहित छ जना पूर्व स्थल सेनाध्यक्ष टोली त्यसमा छन् ।
सेना दिवसमा भाग लिएका विभिन्न राजदूतावासका डिफेन्स अट्याचीहरुलाई बिहान साढे ७ बजे माउन्टेन फ्लाइटमा लगिएको छ । उनीहरु एन ए ०६२ कासा हेलिकोप्टरमा माउण्टेन फ्लाइटपछि पोखरा गएर अपरान्ह काठमाडौं फर्कने बताइएको छ ।
एनए ०६४ स्काइ ट्रक सवा ८ बजे एनसीसी डिजी टिम बोकेर माउन्टेन फ्लाइटमा जाँदै छ । उक्त उडान माउण्टेन फ्लाइटपछि काठमाडौं फर्कने छ ।
साढे ९ बजेपछि रक्षामन्त्री मनवीर राईसहितको टोली बोकेर एनए ०६१ हेलिकोप्टर नवलपरासी जाने बुझिएको छ ।
टिप्पणीहरू