नेपाल वायुसेवाले उलटपुलट पार्यो बिदेश पोस्टिङ्ग
जहाज उडान र मर्मतमा सेड्युल बिग्रेर झन थला पर्दै गएको नेपाल वायुसेवा निगमले विदेशस्थित आफ्नो कार्यालयमा व्यापक हेरफेर गरेको छ । ‘नेपाल वायुसेवा निगमको विदेशस्थित कार्यालयमा सरुवासम्बन्धी कार्यविधि, २०७६’ को दफा ७१ को व्यवस्थाबमोजिम २ बर्षका लागि यस्तो निर्णय गरिएको हो ।
जसअनुसार दिल्ली, हङकङ,दमाम,दोहा, क्वालालम्पुरको स्टेशनमा सामान्य प्रशासनतर्फ आठौं तहका अधिकृतलाई कन्ट्री म्यानेजरको रुपमा पदस्थापन गरिएको छ ।
क्वालालम्पुरमा हालका प्रवक्ता रमेश पौडेल,दोहामा डोगराज क्याप्छाकी, हङकङमा मिगी केसी, दिल्लीमा कमल ज्ञवाली र दमाममा अञ्जु शर्मा मरासिनीलाई पठाइएको छ । त्यसैगरी,एअरपोर्टको स्टेशन म्यानेजरमा सातौं तहको कर्मचारी नियुक्त गरिएको छ । नारितामा तेजबहादुर थापा र दम्माममा अरबिन्दकुमार कामतीले कार्यभार सम्हाल्ने छन् ।
हङकङ,दम्माम र नारितामा लेखा प्रबन्धकको पनि पदस्थापन गरिएको छ । नरेश यादवले हङकङ, राजन घिमिरेले नारिता र सुवास मरासिनीले दम्मामको स्टेशन सम्हाल्ने छन् । दुबईमा सुरेशराज सुवेदी, हङकङमा गुरुशरण साह र दोहामा कृष्णप्रसाद बजगाई जान लागेका छन् । छैंठौं तहका अधिकृत उनीहरुले त्यहाँको स्टेशन हेर्नेछन् ।
छैठौं तहकै अधिकृत कमलप्रताप सेनलाई क्वालालम्पुरमा सरुवा गरिएको छ । केही बर्षअघिसम्म शानेवानिले पेरिस,लण्डन,फ्र्याँकफर्ट र साँगहाईमा पनि यस्तै अफिस राखेर यात्रुलाई सेवा प्रदान गर्दथ्यो ।


टिप्पणीहरू