हिजो साँझ प्रधानमन्त्री, आज राष्ट्रपति र उपराष्ट्रपति

हिजो साँझ प्रधानमन्त्री, आज राष्ट्रपति र उपराष्ट्रपति

महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ । 

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवलाई पशुपतिनाथ मन्दिर परिसरमा साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालगायतले स्वागत गरेका थिए ।

पूजाआराधना र दर्शनपछि उहाँहरुलाई पशुपतिनाथका मूलभट्ट गणेश भट्टले फूल, माला र प्रसाद लगाइदिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ पशुपतिनाथ मन्दिर पुगेर आरतीमा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू