काठमाडौँका भिआईपी एरियामा पालैपालो बत्ती जाने
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भोलिदेखि दश दिन विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम शुरु भएसँगै चैत २६ गतेसम्म बिजुली बन्द गर्न लागिएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।
उक्त वितरण केन्द्रअन्तर्गत भोलि धुम्बाराही नेशनल कलेज आसपास बत्ती जाने छ । चैत १० गते साङ्ग्रिला, पानीपोखरी, राष्ट्रपति भवन पछाडिका क्षेत्र, १२ गते धुम्बाराही अपार्टमेन्ट…