सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री

सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिनुहुने छ । प्रतिनिधि सभाको बिहान ११ बजेदेखि शुरु हुने बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

त्यसपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गरिने तेस्रो कार्यसूची छ । 

आजै अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई गर्ने प्रस्ताव र “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल प्रश्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसपछि उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । अर्थमन्त्री पौडेलले आजै निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने छ ।

मन्त्री पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

त्यस्तै उहाँले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्ताव गर्नुहुने छ ।

टिप्पणीहरू