भोजनगृहमा राजावादी भेला, क-कसको बन्यो हाइकमाण्ड ?
राजावादीहरुलाई एकै ठाउँमा ल्याउन र राजतन्त्र पुनस्र्थापना गर्न राजावादीहरुले आन्दोलन निर्देशन समिति, आन्दोलन परिचालन समिति र सल्लाहकार समिति गठन गरेका छन् । आगामी १५ गतेदेखि मुलुकभर आन्दोलनको आँधीबेहरी ल्याउन आज पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय आन्दोलन निर्देशन समिति गठन गरिएको छ ।
डिल्लीबजारस्थित भोजन गृहमा राप्रपका पुराना नेताहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्टलगायतसँगको छलफलपछि उ…