बालका नाममा काल निम्त्याइँदै
बाँकेको डुडुवा गाउँपालिका ६, आसमानपुरस्थित जयन्दु बाल सुधारगृहमा हिजो भएको झडप र आगलागीमा तीन प्रहरीसहित ४२ जना घाइते भएका छन् । शुक्रबार राति साढे १ बजे सुधारगृहभित्र रहेका बालबन्दीहरुबीच झडप हुँदा घाइतेलाई राति साढे ३ बजे भेरी अस्पताल लगिएको थियो ।
झडपपछि दुई जना बालबन्दी नेपाल प्रहरीको मोटरसाइकल चढेर फरार भएका थिए । उनीहरुलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसपछि बिहान ११ बजे सशस्त्र प्रहरीको नम्बर ३० गणबाट सशस्त्र प्रहरी उपरीक्षकको क…