चीनको छन्तुमा पोखराको चर्चा, उडान नियमित हुने विश्वास

चीनको छन्तुमा पोखराको चर्चा, उडान नियमित हुने विश्वास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमा चीनको छन्तु शहर पुगेका पोखरेली पर्यटन व्यवसायीहरुले त्यहाँका पर्यटन व्यवसायहरुसँग छलफल गरेका छन् । नेपाल पर्यटन बोर्डले छन्तुमा आयोजना गरेको बिटुबी एवम् सेल्स मिसन कार्यक्रममा उनीहरुबीच पर्यटन आदानप्रदानबारे अन्तरक्रिया गरेको छ ।

कार्यक्रम पोखरा पर्यटन परिषद् र छन्तुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको हो । सहभागीहरुले छन्तु र पोखराबीच सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट छन्तुसम्म भएको पहिलो व्यावसायिक चार्टर्ड उडान उत्साह थपेको बताउनुभयो । सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले थालेको व्यावसायिक चार्टर्ड उडान नियमित हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू