काठमाडौँका भिआईपी एरियामा पालैपालो बत्ती जाने

काठमाडौँका भिआईपी एरियामा पालैपालो बत्ती जाने

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भोलिदेखि दश दिन विद्युत अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम शुरु भएसँगै चैत २६ गतेसम्म बिजुली बन्द गर्न लागिएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ । 

उक्त वितरण केन्द्रअन्तर्गत भोलि धुम्बाराही नेशनल कलेज आसपास बत्ती जाने छ । चैत १० गते साङ्ग्रिला, पानीपोखरी, राष्ट्रपति भवन पछाडिका क्षेत्र, १२ गते धुम्बाराही अपार्टमेन्ट आसपास, १३ गते बालुवाटारस्थित प्रधानन्यायाधीश आवास क्षेत्र, १५ गते चपली घुम्ती, गणेश स्कुल बुढानिलकण्ठ क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने छ । 

चैत १७ गते पुनः प्रधानन्यायाधीश आवास क्षेत्र, १९ गते गणेश स्कुल आसपास, २१ गते बानियाँटार, २४ गते चपली घुम्ती, गणेश स्कुल र २६ गते पानीपोखरी क्षेत्रहरुमा विद्युत आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू