गभर्नरलाई फुली,खरदारलाई सुली
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल आफैंले राष्ट्र बैंक ऐनले तोकेको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन सकेका छैनन् । तर बैंकको मानव संशाधन व्यवस्थापन विभागले भने सहायक द्वितीय (खरिदार) श्रेणीका कर्मचारीको विज्ञापनमा सहभागी हुन चाहने सर्वसाधारणलाई अनिवार्य रुपमा ‘१० जोड दुई’ को प्रमाणपत्र पेश गर्न सूचना निकालेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘कर्मचारी सेवा विनियमावलीअनुसार,सहायक द्वितीय श्रेणीका उम्मेदवारहर…