खसीको मासु र हस्तकला सामग्री बोकेका ट्रक चीनबाट आउँदै
स्रोतः सिजिटिएन
चीनको छिङहाई प्रान्तको युशु तिब्बती स्वशासित क्षेत्रले युशु–नेपाल व्यापार तथा सांस्कृतिक आदान–प्रदान कार्यक्रम हालै सम्पन्न गरेको छ । गत शुक्रबारदेखि हिजोसम्म भएको कार्यक्रमको उद्देश्य दुई देशबीचको व्यापारिक तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्नु रहेको बताइन्छ ।
कार्यक्रमको मुख्य आकर्षणमा युशुबाट नेपालतर्फ सीमापार मालवाहक ट्रकहरूको पहिलो खेप औपचारिक रूपमा प्रस्थान गरेको दृष्य थियो । चार लाख ६० हजार चिनियाँ युआन बराबरको युशु क्षेत्रका विशेष मालसामान बोकेका ती ट्रक नेपालतर्फ आइरहेका छन् । यसले दुई पक्षबीचको व्यापार सम्बन्धमा नयाँ अध्यायको थालनी भएको बताइन्छ ।
युशु लामो समयदेखि अन्तर्राष्ट्रिय बजारमा खसीको मासु र परम्परागत हस्तकलाका सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने आकांक्षा राख्दै आएको छm। सोही क्रममा, नेपालका गलैंचा र मसला जस्ता परम्परागत वस्तुलाई पनि चिनियाँ बजारमा प्रवेश गराउने सम्भावना प्रबल देखिन्छ ।
यसअघि, गत मार्चमा दुवै पक्षको संयुक्त पहलमा काठमाडौंमा अन्तर्राष्ट्रिय लजिस्टिक कम्पनी स्थापना गरिएको थियो । दुई देशबीचको व्यापार, आर्थिक सहकार्य तथा सांस्कृतिक आदान–प्रदानलाई सहज र प्रभावकारी बनाउने कम्पनीको उद्देश्य छ।
कार्यक्रम अवधिमा युशुका अधिकारीहरु र नेपाली प्रतिनिधिमण्डल, उद्योग वाणिज्य संघ, र सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूबीच सीमापार लजिष्टिक सहकार्यका सम्भावना, व्यापार विस्तार र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने विषयमा महत्वपूर्ण भएको छ ।
टिप्पणीहरू