गोठ भत्किँदा पाँच चौपाया मरे
गुल्मीकाे मुसिकोट नगरपालिका–१, रगनामका ६६ वर्षीय जयबहादुर थापाको गोठ भत्किँदा पाँच चौपायाको मृत्यु भएको छ।
लगातारको वर्षाका कारण ढुङ्गा–माटोले बनेको र टिनको छाना भएको दुईतले कच्ची गोठ भत्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
भत्किएको गोठमा रहेका तीन गाई, एक बाच्छा र एक बाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए।
घटनास्थलमा पौदी अमराई प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा टोली खटिएको र घटनाको मुचुल्का संकलन भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू