चितवनमा यसरी जित्दैछन् रविले । कसरी काटियो कृष्ण र उमेशको मत ?
चितवनमा रवि लामिछाने फराकिलो अन्तरले जित्ने देखिएको छ । विशेषगरी उनी उठेको क्षेत्र नम्बर २ तिर धेरैले ध्यान दिएका छन् । अहिलेसम्म मतगणना शुरु नभएकाले सर्वसाधारणको चासोले मूर्तरुप लिन सकेको छैन ।
यसअघिको नतिजालाई हेर्दा भरतपुर महानगरपालिकाको वडा नम्बर १०,११ र १२ एमालेको गढ मानिन्थ्यो । सम्भवतः रवि नउठेको भए उक्त वडाबाट एमालेले कम्तिमा ५ हजार मतले लिड गर्ने अनुमान थियो । हिजोका मतदानमा तीन वटा वडाको एमालेको ९० प्रतिशत मत घण्टीमा गएको आकलन गरिएको छ ।
…