श्रममन्त्री शेरबहादुरको क्षेत्रमा ३ बजेपछि मतगणना

श्रममन्त्री शेरबहादुरको क्षेत्रमा ३ बजेपछि मतगणना

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना हुन सकेको छैन । 

भर्खरै सकिएको सर्वदलीय बैठकले दिउँसो ३ बजेपछि मात्र मतगणना सुचारु गर्ने सहमति जुटाएको स्थानीय विनोद धामीले बताए । 

अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्याइएको छ । यहाँ दुई वटा निर्वाचन क्षेत्र छन् । 

क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहोरा उठेका छन् । 

त्यस्तै,क्षेत्र नम्बर २ मा एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

टिप्पणीहरू