भक्तपुर-२ मा कति मत गनिसकियो ?

भक्तपुर-२ मा कति मत गनिसकियो ?

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको शुरुवाती नतिजामा नेपाली कांग्रेसको अग्रसरता कायमै छ । 

कांग्रेस चार हजार ११९ मतसहित पहिलो स्थानमा पुगेको छ । नेकपा एमाले तीन हजार ६८४ मतसहित कांग्रेसलाई पछ्याइरहेको छ । 

त्यस्तै,नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तेस्रो स्थानमा रहेको छ । नेमकिपाले ८६७ मत प्राप्त गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ७३५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ४५० मत गएको छ । 

हालसम्म १० हजार ४३६ मत गनिएकोमा ३११ मत बदर भएको छ । मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ९ मा धमाधम मतगणना भइरहेको छ ।

टिप्पणीहरू