ललितपुर-२ मा २१ हजार मत गन्दा एमाले नै अगाडि

ललितपुर-२ मा २१ हजार मत गन्दा एमाले नै  अगाडि

ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटो तेक्वान्दो हलस्थित निर्वाचन अधिकृतको कार्यालयमा धमाधम मतगणना भइरहेको छ । 

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको प्रारम्भिक नतिजामा नेकपा एमालेका उम्मेदवार प्रेम महर्जनले अग्रता लिएका छन् ।

२१ हजार ७५ गत गन्दा उनले पाँच हजार ७७८ मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्य एमालेका महर्जनलाई पछ्याउँदै दोस्रो स्थानमा छन् । 

लौरो चुनाव चिन्ह भएका उनले चार हजार ६०० मत पाएका छन् । 

त्यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापा तीन हजार ४३४ मतसहित तेस्रो स्थानमा पुगेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उठेका बुद्धरत्न महर्जनले तीन हजार २६२ मत पाएका छन् । 

सत्ता गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनलाई दुई हजार ८२८, एकीकृत शक्ति नेपालका सुरेश महर्जनलाई २३१ र नेपाल मजदुर किसान पार्टीका राजविर डंगोललाई २२३ मत गएको छ ।

यस क्षेत्रमा ५२ हजार ९२५ मत खसेको थियो । यहाँबाट एमालेले जित्ने पक्काजस्तै भएको छ ।

टिप्पणीहरू