काठमाडौं ८ मा घण्टी अगाडि,लौरो पछाडि

काठमाडौं ८ मा घण्टी अगाडि,लौरो पछाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । दुई हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको अग्रता देखिएको छ । 

उनलाई स्वतन्त्र उम्मेदवार कालिमाटीका सुमन सायमीले पछ्याइरहेका छन् । उनी पूर्व १३ नम्बर एमाले वडाध्यक्ष जीवन मानधरका छोरा तथा माले नेता सिपी मैनालीका छोरीज्वाई हुन् । हालसम्म श्रेष्ठले ६०७ र सायमीले ५९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै,नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य ३०५ मतसहित तेस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले २१३ मत पाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०३ मत प्राप्त गरेको छ । राप्रपाबाट प्रकाश रिमाल चुनावी मैदानमा छन् । दुई हजारमध्ये ६४ मत बदर भएको बताइएको छ ।

टिप्पणीहरू