गगन र राजन थोरै मतान्तरले अघिपछि

गगन र राजन थोरै मतान्तरले अघिपछि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा धमाधम मतगणना भइरहेको छ । बूढानिलकण्ठस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा सदस्यतर्फको मतगणना जारी छ । 

६९ हजार ८७५ मतदाता भएकोमा ४५ हजार ९१० जनाले मतदान गरेका थिए । हालसम्म एक हजार ५११ मतगणना भइसकेको छ । 

क्षेत्र नम्बर ४ को शुरुवाती नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा ६६८ मतसहित अग्रस्थानमा छन् । 

नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेका राजन भट्टराईले ६३४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सशस्त्रका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठले ५०, स्वतन्त्र उम्मेदवार अर्जुन राना (लौरो) ले ३३ र अर्जुन प्रसाई (खुकुरी क्रस) ले २४ मत पाएका छन् ।

टिप्पणीहरू