चुनाव हेर्न आएका जापानी मन्त्री बहादुर भवनमा

चुनाव हेर्न आएका जापानी मन्त्री बहादुर भवनमा

हिजो सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकन गर्न नेपाल आएका जापानी विदेश राज्यमन्त्रीले प्रमुख निर्वाचन आयुक्तसँग भेटघाट गरेका छन् । विदेश राज्यमन्त्री ताकेइ सुनसुकेले आज आयोगको कार्यालय, बहादुर भवनमा प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेको बताइएको छ ।

राज्यमन्त्रीको टोलीले हिजो दिउँसो काठमाडौं आएर मतदान अवलोकन गरेको हो । टोली दुबई हुँदै काठमाडौं उत्रेको थियो । 

दुई दिनको भ्रमणमा आएको जापानी विदेश राज्यमन्त्रीको टोली आज स्वदेश फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू