बाजुरा सदरमुकाममा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ

बाजुरा सदरमुकाममा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ

अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । 

अनेरास्ववियूले बजारमा टायर बालेर नारा जुलुस गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो ।

हिजो त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा भएको मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतनको घरमै गएर कुटपिट गरेर हत्या गरेको अनेरास्ववियूको आरोप छ । 

बाजुरा प्रमुख जिल्ला अधिकारीका अनुसार आन्दोलनले उग्र रुप लिएपछि  बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

टिप्पणीहरू