१० हजार मत गन्दा महेश बस्नेत ६ सयले पछाडि

१० हजार मत गन्दा महेश बस्नेत ६ सयले पछाडि

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार महेश बस्नेत मतगणनाको प्रारम्भदेखि नै पछाडि परेका छन् । हालसम्म १० हजार ४३६ मत गणना हुँदा बस्नेतले १६ सय ३२ मत ल्याएका छन् ।

उनलाई काँग्रेसका दुर्लभ थापा क्षेत्रले ६ सय मतले पछाडि पारेका छन् । थापाले २२ सय ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा घण्टीले ४२४, मादलले २५०, हलोले २३२ मत प्राप्त गरेको जानकारी दिइएको छ । त्यहाँ हालसम्म ३११ मत बदर भएको छ ।

टिप्पणीहरू