धादिङ्गको राजमार्ग बेल्टमा गन्न थाल्दा २ मा बल्ल बैठक

धादिङ्गको राजमार्ग बेल्टमा गन्न थाल्दा २ मा बल्ल बैठक

धादिङ क्षेत्र नम्बर १ को मतगणना शुरु भएको छ । गल्छी गाउँपालिकाको वडा नं. २ र ५ बाट गणना शुरु भएको छ । 

क्षेत्र नम्बर १ मा पर्ने धुनिबेसी,थाक्रे,गल्छी, बेनिघाट रोराङ र सिद्दलेक गाउँपालिका पर्छ । यो क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीबीचको प्रतिष्पर्धा  चासोको विषय बनेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमेडियन हिमेश पन्तले पनि निकै चुनौति दिएको देखिन्छ । 

धादिङ-२ मा भने सर्वदलीय बैठक जारी छ । त्यहाँ सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी र एमाले नेता खेम लोहनीबीच प्रतिष्पर्धा छ । यो क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी बशुमाया तामाङले प्रतिष्पर्धी भनिएका दुबै उम्मेदवारको भोट काटेको आँकलनले प्रतिष्पर्धा रोचक बन्नेवाला छ ।

टिप्पणीहरू