मतगणना नहुँदै इलामका ठूला नेताहरुको अवस्था धरमर

मतगणना नहुँदै इलामका ठूला  नेताहरुको अवस्था धरमर

इलाममा मतगणना नथाल्दै चुनावी परिणामको आकलन गर्न थालिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्यतः एमाले,नेपाली काँग्रेस र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा २ पटक मेयर चलाइसकेका एमाले उम्मेदवार महेश बस्नेतको स्थिति बैवाहिक र जातीय कारणले पनि तुलनात्मक तवरमा राम्रो ठानिएको छ । सोही क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सोचेअनुरुप मत प्राप्त नगरेकाले बस्नेतको स्थिति राम्रो भएको निर्वाचनमा खटिएका कर्मचारीहरुले बताएका छन् । 

‘निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार रहेका सुवास नेम्वाङको पनि ग्यारेण्टी छैन,’ काँग्रेस कार्यकर्ताले भने । उनीहरुले १ मा झलनाथको स्थिति खस्किएको दाबी गर्दै २ मा समेत त्यस्तो टिप्पणी गरेका हुन् ।  

तर खनालनिकट कार्यकर्ताले सो क्षेत्रमा आफ्नो पार्टीको ९ हजार मत रहेको बताएका छन् । एकीकृत समाजवादीका कार्यकर्ताले काँग्रेसी मतदाताले अन्त भोट हालेको आरोप लगाउँदै भने,‘काँग्रेसबाट मत ट्रान्स्फर नभएको अनुमान छ ।"

गत स्थानीय तहको निर्वाचन परिणामपछि नेता खनालले काङ्ग्रेस माथि चर्को टिप्पणी गर्नुभएको थियो ।

त्यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले राम्रै उपस्थिति जनाउने अड्कल छ । ‘महिला तथा युवाले खुसुखुसु समानुपातिकतर्फ घण्टी चिन्हमा मतदान गरेको पाइयो,’ एक जना मतदान अधिकृतले बताए । 
अन्य निर्वाचन क्षेत्रमाझैँ इलाममा पनि वामपन्थी पार्टीहरुमा आएको विभाजनको परिणाम प्रकट हुने निश्चित छ ।

टिप्पणीहरू