ललितपुर-३ मा तोसिमा फेरि अगाडि,पम्फा पछाडि

ललितपुर-३ मा तोसिमा फेरि अगाडि,पम्फा पछाडि

ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी माओवादीकी पम्फा भुसाललाई फेरि पछि पारेकी छन् । हालसम्म तोसिमाले ८७५ मत ल्याएकी छन् । 

उनी दोस्रो स्थानमा र भुसाल ७७५ मतसहित तेस्रो स्थानमा छिन् । उनीहरू दुवैलाई शुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।

टिप्पणीहरू