गभर्नर पुग्नुअघि अर्थमन्त्रीलाई सेयर खेलाडीहरुको ८९ बुँदे सुझाव
अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सेयर किनबेचमा सक्रिय खेलाडीहरुले अर्थतन्त्र सुधार्न सुझाव दिएका छन् । उनीहरु सुझावको ८९ बुँदे ठेली बोकेर आज सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमको टोलीले मन्त्रीलाई सुझाव दिएको हो । यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाको समूहले मन्त्रीलाई भेटिसकेको थियो । तर फोरमका सभापति अम्बिकाप्रसाद पौडेललगायतको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको केन्द्रीय बैंकका पदाधिकारीहरु अ…