सिबिआईएल क्यापिटल सिटिजन्स क्यापिटलमा रुपान्तरण

सिबिआईएल क्यापिटल सिटिजन्स क्यापिटलमा रुपान्तरण

सिबिआईएल क्यापिटल लिमिटेडले आफ्नो कम्पनीको नाम सिटिजन्स क्यापिटल लिमिटेड कायम गरेको छ । 

कम्पनीको चौथों साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेसँगै सिबिआईएल क्यापिटल लिमिटेड सिटिजन्य क्यापिटल लिमिटेडमा रुपान्तरण भएको हो । नयाँ नामसंगै अब नयाँ ढंगले विशेष योजनासहित कार्ययोजना अघि बढाइने र संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने कम्पनीले जनाएको छ ।

नयाँ योजनाअन्तर्गत कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीलाई आईपीओ भरिदिने विशेष पिएमएस सेवा सार्वजनिक गरेको छ । त्यस्तै, चिकित्सक पेशामा आबद्ध तथा अन्य पेशा तथा क्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजनाका साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरु संस्थाको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ ।

कम्पनीको नाम परिवर्तनको उपलक्ष्यमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकलाई वार्षिक संचालन शुल्कमा ५० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ । क्यापिटलले विगत ७ वर्षदेखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

हाल कम्पनीले दुई अर्बभन्दा बढीको लगानी व्यवस्थापन तथा सिटिजन्स बैंक लगायका अन्य कम्पनीहरुलाई शेयर रजिष्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउदैँ आईरहेको छ ।

कम्पनीका संचालक तथा संस्थापकहरु विभिन्न बैंक वित्तीय संस्थामा आबद्ध अनुभवी व्यक्तित्वहरु हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत रहेका छन् ।

 

टिप्पणीहरू