एसबीआईका ग्राहकलाई सीता प्यालेसमा छुट

एसबीआईका ग्राहकलाई सीता प्यालेसमा छुट

नेपाल एसबीआई बैंकका ग्राहकहरुले सर्लाहीको हरिवनमा रहेको सीता प्यालेस होलिडे इन प्रालिमा आकर्षक छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटको विषयमा सम्झौता भएको हो । ग्राहकले विभिन्न सेवामा आकर्षक छुट पाउने सम्झौता पत्रमा उल्लेख छ ।

यसका लागि ग्राहकले होटलमा बैंकको डेबिट कार्ड प्रयोग गर्नुपर्नेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख लेखनाथ पोखरेल र सीता प्यालेसका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीले हस्ताक्षर गरेका छन् ।
 

टिप्पणीहरू