एटिएम कार्डबाट नगद झिक्ने प्रभुको अतिरिक्त सेवा सञ्चालनमा

एटिएम कार्डबाट नगद झिक्ने प्रभुको अतिरिक्त सेवा सञ्चालनमा

विद्युतीय भुक्तानीसम्बन्धी सेवालाई थप सहज बनाउन प्रभु बैंकले एटिएम कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएसमार्फत विद्युतीय भुक्तानी कार्डसम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको हो । बैंकका अनुसार हालसम्म सञ्चालन नभएका बैंकका शाखा कार्यालयहरुमा यो सुविधा उपलब्ध गराइने छ । 

साथै, यस प्रकारको सुविधाले आफ्ना सम्पूर्ण ग्राहक वर्गले अधिकतम लाभ लिने पनि बैंकले विश्वास लिएको छ ।
 

टिप्पणीहरू