बिश्व

अमेरिकाले आकाशबाट खसालेको अज्ञात वस्तुबारे अझै ‘अज्ञात’

अमेरिकाले निकै माथिको आकाशमा उडिरहेको एक अज्ञात वस्तुलाई खसालेको छ । अलास्काको आकाशमा हिजो खसालिएको अज्ञात वस्तुबारे अझै पनि केही बताइएको छैन । राष्ट्रपति जो बाइडेनले अमेरिकाको आकाशमाथि उडिरहेको उक्त वस्तु खसाल्न आदेश दिएपछि हिजो अमेरिकी वायु सेनाले युद्धक विमानमार्फत् क्षेप्यास्त्र प्रहार गरेर खसालेको हो । ४० हजार फिटको उचाईमा उडिरहेको मानवरहित उक्त वस्तुलाई आर्कटिक महासागरमा खसालिएको छ । खसालिएको वस्तुबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

Page 10 of 22