खरायो वर्ष चीनको,खरायोसम्बन्धी हुलाक टिकट फिजीको

खरायो वर्ष चीनको,खरायोसम्बन्धी हुलाक टिकट फिजीको

चिनियाँ परम्परागत नयाँ वर्षको उपलक्ष्यमा फिजीले नयाँ हुलाक टिकट प्रकाशनमा ल्याएको छ । आगामी सोमबारदेखि शुरु हुने चीनको नयाँ वर्षलाई यस पटक खरायो वर्षको रुपमा मनाईंदै छ ।

चीनको नयाँ वर्ष मनाउने खुशीयालीमा फिजीले चिनियाँ रंग र आकृतिमा खरायो अंकित हुलाक टिकट सार्वजनिक गरेको छ । चार दरका ती टिकटलाई त्यहाँको संस्कृति,पुरातत्व तथा कला विभागका निर्देशक र फिजीस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूतले संयुक्त रुपमा बुधबार सार्वजनिक गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

फिजीमा सन् २०१६ देखि त्यहाँ रहेको चिनियाँ सांस्कृतिक केन्द्र र हुलाक कार्यालयको तत्वावधानमा यसैगरी हुलाक टिकट प्रकाशन गरिँदै आएको छ । हुलाक टिकटको डिजाइनर चिनियाँ नागरिक कुओ चियी भएको बताइएको छ ।

टिप्पणीहरू