काबुलमा विश्व बैंकको सहयोग र कृषि प्रदर्शनी सँगसँगै

काबुलमा विश्व बैंकको सहयोग र कृषि प्रदर्शनी सँगसँगै

विश्व बैंकले अफगानिस्तानलाई आठ करोड ४० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएको छ । जारी मानवीय संकटको समयमा प्राप्त उक्त सहयोगलाई आर्थिक संकट पार लगाउन, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्ने कार्यमा प्रयोग गरिने विश्व बैंकले जनाएको छ ।

साढे दुई वर्षअघि तालिबानले राज्यसत्ता पुनः कब्जा गरेपछि विश्व बैंकसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरू अफगानिस्तानबाट बाहिरिएका थिए ।राजधानी काबुलमा स्थानीय व्यापारी र किसानहरुले कृषि प्रदर्शनीमा आफ्ना उत्पादन राखेका छन् । २६३ वटा स्टलमध्ये ५६ स्टाल महिलाद्वारा सञ्चालित हुन् ।

 

हरेक वर्ष आयोजना गरिने यस्तो प्रदर्शनीले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने सरकारी अधिकारीहरुले विश्वास लिएका छन् । अफगानिस्तानका तीन करोड ५० लाख जनसंख्यामध्ये झण्डै ८० प्रतिशत कृषिसँग सम्बन्धित छन् ।

समाचार : न्युज एजेन्सीहरु, फोटो : सिन्ह्वा ।

टिप्पणीहरू