युद्धग्रस्त युक्रेनका उच्च अधिकारीहरु हतियार खरिदको भ्रष्टाचारमा बर्खास्त

युद्धग्रस्त युक्रेनका उच्च अधिकारीहरु हतियार खरिदको भ्रष्टाचारमा बर्खास्त

झण्डै ११ महिनादेखि रुससँग युद्ध गर्दै आएको युक्रेनका उच्च अधिकारीहरुले सैन्य हतियार खरिदमा भ्रष्टाचार गरेका छन् । उनीहरुले भ्रष्टाचार गरेको प्रमाण प्राप्त भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीले बर्खास्त गरेका हुन् ।

उक्त काण्डमा युक्रेनका केही राज्यका गभर्नरसहित रक्षा उपमन्त्रीसमेत परेका छन् । उनीहरुले सैन्य हतियारदेखि सेनालाई उपलब्ध गराउन खरिद गरिएका खाद्यान्नमा समेत भ्रष्टाचार गरेको पाइएको छ । उपमन्त्री भियाचेस्लाभ शापोभालोभलाई आज बिहान रक्षा मन्त्रालयले त्यसबारे सोधनी गरेको बताइएको छ । 

राष्ट्रपतिबाट बर्खास्त हुने सुईंको पाएपछि राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो तिमोशेन्कोले आजै बिहान पदबाट राजिनामा दिएका थिए । युद्धग्रस्त मुलुकको राष्ट्रपति कार्यालयका एक जना कर्मचारीको जीवन शैलीलाई लिएर त्यहाँको सञ्चारमाध्यमले पटक पटक समाचार सम्प्रेषण गरेपछि उनी विवादमा तानिएका हुन् । उनले मानवीय सहायताको निम्ति जनरल मोटर्सले उपलब्ध गराएको निकै महँगो सवारी साधन निजी रुपमा प्रयोग गरेका थिए ।
 

टिप्पणीहरू