चिनियाँ राजदूतको कूटनीतिक भेटघाट परराष्ट्रबाट शुरु

चिनियाँ राजदूतको कूटनीतिक भेटघाट परराष्ट्रबाट शुरु

नेपालका लागि चिनियाँ राजदूत छन सोङले आज परराष्ट्र सचिव भरतराज पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । अस्ति बिहान काठमाडौं आइपुग्नुभएका राजदूत चेनले आजबाट कूटनीतिक र शिष्टाचार भेट थाल्नुभएको हो । 

उहाँ बिहान ११ बजे परराष्ट्र मन्त्रालय पुगेर झण्डै ४५ मीनेटपछि बाहिरिनुभएको थियो । सचिव पौडेल र राजदूत चेनबीच दुई मुलुकबीचको सम्बन्ध र पारस्परिक हितका विषयमा छलफल भएको बुझिएको छ ।

राजदूत चेन आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने तयारीमा हुनुहुन्छ । केही दिनभित्र उहाँले शीतल निवासमा आयोजना गरिने विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने कार्यक्रम छ ।

टिप्पणीहरू