बेइजिङमा थाइ प्रधानमन्त्रीको ‘रगत कूटनीति’
चीन भ्रमणको क्रममा बेइजिङ पुगेसङ्गै थाइल्याण्डका प्रधानमन्त्री पायतोङतार्न शिनावात्राको चर्चा चुलिएको छ । चाइना डेलीसँगको अन्तर्वार्तामा उनले आफूमा चिनियाँ रगत रहेको बताएपछि चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको व्यापक प्रचार भएको छ ।
आफ्नो मुलुक भ्रमणमा आउने चिनियाँ नागरिक र पर्यटकहरुको सुरक्षामा थाइल्याण्ड प्रतिबद्ध रहेको बताउँदै पायतोङतार्नले त्यसका लागि व्यक्तिगत रुपमा आफूले सुरक्षा प्रोटोकल्ससँग आवश्यक समन्वय गरेको जानकारी दिइन् । उनले भनेकी छन्, ‘हाम्रा नागरिकले…