कुवेतमा तेल चुहिएर छताछुल्ल, संकटकालको घोषणा

कुवेतमा तेल चुहिएर छताछुल्ल, संकटकालको घोषणा

कुवेतमा पेट्रोलियम पदार्थ चुहिएपछि संकटकालको घोषणा गरिएको छ । जमिनमा तेल चुहिएपछि त्यहाँको आयल कम्पनीले उक्त घोषणा गरेको बताइएको छ । 

मुलुकको पश्चिमी भागमा ठूलो मात्रामा तेल चुहिएको छ । तेल चुहावटको कारण र अवस्थाको बारेमा अनुसन्धान थालिएको बताइएको छ ।

कुवेत विश्वका पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रमुख मुलुकहरुमध्ये एक हो । उसले प्रतिदिन २७ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको छ ।

यसअघि पनि कुवेतमा सन् २०१६, २०१७ र २०२० पनि कच्चा तेल चुहिएको थियो ।

यो पनि...

1. सरकारमा जानेबारे सल्लाह गर्दै समाजवादीका नेताहरु

2. बेलायतद्वारा दुई नेपालीको लाइसेन्स खारेज

टिप्पणीहरू