तेस्रो कार्यकालमा चुनिएपछि चिनियाँ राष्ट्रपति पहिलो विदेश भ्रमणमा मस्को जाँदै

तेस्रो कार्यकालमा चुनिएपछि चिनियाँ राष्ट्रपति पहिलो विदेश भ्रमणमा मस्को जाँदै

चीनका राष्ट्रपति सि जिनपिङले रुसको राजकीय भ्रमण गर्ने हुनुभएको छ । उहाँ गत साता तेस्रो कार्यकालको निम्ति सर्वसम्मत निर्वाचित हुनुभएपछि आगामी साता मस्को जान लाग्नुभएको हो । 

चिनियाँ राष्ट्रपति तीन दिनको रुस भ्रमणमा आगामी सोमबार मस्को पुग्नुहुने छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा उहाँ रुस जान लाग्नुभएको हो ।

युक्रेन युद्ध, अमेरिका र रुसबीच बढ्दो राजनीतिक तिक्ततालगायत अन्तर्राष्ट्रिय परिस्थितिमा आएको पछिल्लो उतारचढावको सन्दर्भमा चिनियाँ राष्ट्रपति र रुसी समकक्षीको भ्रमणलाई विश्वले नै चासोपूर्वक हेरेको छ ।

टिप्पणीहरू