भारतको विश्व हिन्दी सम्मेलन फिजीमा हुने

भारतको विश्व हिन्दी सम्मेलन फिजीमा हुने

भारतले विश्व हिन्दी सम्मेलन फिजीमा आयोजना गर्ने भएको छ । आँउदो फेब्रुअरी १५ देखि १७ गतेसम्म फिजीको नाडी शहरमा १२ औं विश्व हिन्दी सम्मेलन गर्न लागिएको हो । भारतका विदेशमन्त्री एस जयशंकर र फिजीका प्रधानमन्त्री सिटिभेनी रबुकाले कार्यक्रम उद्घाटन गर्ने बताइएको छ । 

पहिलो फिजी भ्रमणमा विदेशमन्त्री जंयशंकरले थुप्रै नेतासंग भेटघाट गर्नेछन् । उनीसंग केन्द्रीय विदेश राज्यमन्त्री मुरलीधरन र गृह मन्त्रालयका राज्यमन्त्री अजयकुमार मिश्रको पनि सहभागिता रहनेछ । ‘फेब्रुअरी १५ देखि १७ सम्म सञ्चालन हुने कार्यक्रममा ५० भन्दा बढी मुलुकका प्रतिनिधिहरु उपस्थित हुने अपेक्षा राखिएको छ । भारतका दुई सय ७० सदस्यहरुको प्रतिनिधिमण्डलले कार्यक्रममा भाग लिनेछन्’, एक अधिकारीले भने ।

यस सम्मेलनले हिन्दी भाषाको महत्व बढाउँदै लैजाने र धेरै मुलुकका नागरिकलाई हिन्दी बोल्न प्रेरित गर्ने आकंलन लगाइएको छ ।

टिप्पणीहरू