पाकिस्तानी पूर्व राष्ट्रपति मुसरफको अमेरिकी हस्पिटलमा निधन

पाकिस्तानी पूर्व राष्ट्रपति मुसरफको अमेरिकी हस्पिटलमा निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरफको निधन भएको छ । ७९ वर्षे मुसरफको दुबईस्थित एउटा अमेरिकी अस्पतालमा निधन भएको बताइएको छ । सेनाका पूर्वसेनापति समेत रहेका उनको उपचारको क्रममा निधन भएको हो । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भिले पनि मुसरफको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

उनको जन्म सन् १९४३ को अगष्ट ११ मा भारतको दिल्लीमा भएको थियो । त्यसपछि उनको अध्ययन कराँची र लाहोरमा भएको हो । पूर्व राष्ट्रपति मुसर्रफ सन् २०१६ देखि दुबईमा बस्दै आएका थिए । उनीमाथि सन् २००७ मा संविधानका केही धारा निलम्बन गरेको आरोप लागेपछि उनी निर्वासनमा गएका हुन् ।

उनी एमिलोइडोसिस रोगबाट ग्रसित रहेको परिवारले जानकारी दिएको छ । निकै दुर्लभ मानिने यो रोग लागेका बिरामीको शरीरमा अनावश्यक ढंगले उत्पादन हुने प्रोटिनका कारण विभिन्न अंग बिग्रन्छ ।

तत्कालीन प्रधानमन्त्री नवाज सरिफको सरकारले उनलाई सन् १९९८ मा चार तारे जर्नेलमा बढुवा गर्दै प्रधान सेनापतिमा नियुक्त गरेको थियो । त्यसपछि सन् १९९९ मा भएको भारतसँगको कारगिल युद्धमा उनी चर्चामा आएका हुन् । सोही वर्ष उनी रक्तपातविहीन सैनिक ‘कु’ बाट सत्तामा आएका थिए ।
 

टिप्पणीहरू