भारतमा सबैभन्दा ठूलो हेलिकोप्टर कारखाना उद्घाटन गरिँदै

भारतमा सबैभन्दा ठूलो हेलिकोप्टर कारखाना उद्घाटन गरिँदै

भारतमा हालसम्मकै धेरै हेलिकोप्टर उत्पादन हुने कारखाना उद्घाटन गर्न लागिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज कर्णाटक राज्यमा रहेको भारतको सबैभन्दा ठूलो हेलिकोप्टर कारखानाको उद्घाटन गर्ने कार्यक्रम छ ।

द हिन्दुस्तान एरोनटिक्स लिमिटेड फ्याक्ट्रीले साना हेलिकोप्टर उत्पादन गर्छ । आगामी २० वर्षमा कारखानाले एक हजारभन्दा बढी हेलिकोप्टर उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ । 

उक्त कम्पनीले बनाएको सानो र हलुका हेलिकोप्टरको सफल परीक्षण भइसकेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । एउटा इञ्जिन रहेको हेलिकोप्टरको तौल तीन हजार किलोग्राम छ । यस्तो हेलिकोप्टर पहिलो वर्ष ३० वटा, दोस्रो वर्ष ६० वटा र तेस्रो वर्षदेखि ९० वटाको दरले उत्पादन हुने लक्ष्य राखिएको छ ।

२० वर्षसम्म पुग्दा कम्पनीले वार्षिक चार लाख करोडको व्यापार गर्ने बताइएको छ । ६ सय १५ एकड जमिनमा फैलिएको कारखाना हेलि रनवे, फ्लाइट ह्याङगरदेखि फाइनल ह्याङ्गर हुँदै एअर ट्राफिक कन्ट्रोललगायत सबै खालका अत्याधुनिक सुविधाजडित छ ।

आज उद्घाटन गर्न लागिएको हेलिकोप्टर कारखानाको शिलान्यास प्रधानमन्त्री मोदीले सन् २०१६ मा शिलान्यास गरेका हुन् । प्रधानमन्त्रीको ‘आत्मनिर्भर भारत’ नारालाई मूर्तरुप दिन उक्त कारखाना सक्षम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । अबदेखि भारतले विश्वका अन्य मुलुकबाट हेलिकोप्टर खरिद गर्नुपर्ने बाध्यता पनि हट्ने उनीहरुको विश्वास छ ।
 

टिप्पणीहरू