सिओल हुँदै आएका घानाका मन्त्रीहरुको दुबई ट्रान्जिट

सिओल हुँदै आएका घानाका मन्त्रीहरुको दुबई ट्रान्जिट

दक्षिण कोरियाको राजधानी सिओल हुँदै नेपाल आएको घानाको तीन सदस्यीय प्रतिनिधिमण्डल गएराति स्वदेश फर्केको छ । त्यहाँका मन्त्री तथा न्यु प्याटृयोटिक पार्टीका नेताको नेतृत्वमा आएको टोली फ्लाई दुबईको उडानमा फर्केको बताइन्छ । 

मन्त्री क्वाकु आम्प्रान्तवुम सारपोङ, सञ्चार राज्यमन्त्री तथा सोही दलकी अर्की नेतृ फातिमातु अबुबाकर र कानुन व्यवसायी जमाल मोहम्मद अब्दुलराहमान फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ बाट राति सवा १ बजे स्वदेश फर्केका हुन् ।

टोली गत शुक्रबार कोरियन एअरको उडान नम्बर केई ६९५ मा सिओल हुँदै काठमाडौं आइपुगेको थियो । टोलीलाई यति होल्डिङ्ग्सका कर्मचारीले स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट १५ दिनको भीसा लिएका उनीहरु गोकर्ण रिसोर्टमा बसेका थिए ।
 

टिप्पणीहरू