हङकङमा महिला टोली पराजित
चारदेशीय महिला टी-२० आई क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ । हङकङमा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमै नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो ।
११६ रनको झिनो लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भयो । सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । उसका लागि हुद्दा ओमरीले २५ तथ…