भोलिको क्रिकेट म्याच घरमै बसेर हेर्न आग्रह

भोलिको क्रिकेट म्याच घरमै बसेर हेर्न आग्रह

टी–२० विश्वकप छनोटअन्तर्गत भोलि हुन लागेको नेपाल र युएईबीचको खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले तीन हजार पाँच सय थान टिकट मात्र बिक्रीका लागि राखेको छ । 

दर्शकको निम्ति पर्याप्त स्थान नभएकाले थोरै संख्यामा टिकट बिक्रीका लागि राखिएको क्यानले जनाएको छ । ‘आईएमई पे एप’ मार्फत टिकट लिन सकिने व्यवस्था गरिएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल र युएईबीच सेमिफाइनल खेलको लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पे एपबाट काट्न सकिने जानकारी गराउन चाहन्छौं । मैदानमा टिकट बुथ हुने छैन तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पे एपमार्फत काट्न हुन हार्दिक अनुरोध गर्दछौं ।’

क्यानले सकभर घरमै बसेर खेल हेर्न दर्शकहरुलाई आग्रह गरेको छ । त्यस्तै, क्रिकेटसँग सम्बन्धित अतिथिहरुलाई सेमिफाइनलको पास वितरण नगरिने जानकारी पनि दिएको छ । क्यानले अतिथिहरुलाईसमेत घरमै बसेर खेल हेर्न सूचित गराएको छ । 

नेपाल र युएईबीचको सेमिफाइनल भोलि काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुँदैछ ।

टिप्पणीहरू